कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नजिक




एजेन्सी,
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नजिक पुगेको छ ।
हालसम्म संक्रमित संख्या ३ करोड ९ नौला ८४ हजार नाघेको छ । जसमध्ये ९ लाख ६१ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट मृतक संख्या बढ्दै गएको छ । मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकी छन् । अमेरिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार नाघेको छ ।

भारतमा कोरोनाबाट ८६ हजार, ब्राजिलमा एक लाख ३६ हजार, रुसमा १९ हजार, पेरुमा ३१ हजार, कोलम्बियामा २४ हजार, मेक्सिकोमा ७३ हजार, दक्षिण अफ्रिकामा १५ हजार, स्पेनमा ३० हजार, फ्रान्समा ३१ हजार, बेलायतमा ४१ हजारको निधन भइसकेको छ ।

कोरोनाबाट मृतक संख्या बढिरहेकाले अबको केही दिनमै विश्वभर मृत्यु हुनेको संख्या १० लाख पुग्ने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News