काठमाडौं उपत्यकामा थपिए ७६७ जना संक्रमित



काठमाडौं, असाेज ४
काठमाडौं उपत्यकामा आइतबार ७ सय ६७ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ६ सय २ जना रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ३० महिला र ३ सय ७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष तथा ललितपुरमा ३४ महिला र ३० पुरुषमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टायता देशभर भने १ हजार ३ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टायता कोरोनाबाट १० जनाको मृत्यु भएको छ भने ९ सय ६६ जना निको भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News