कोरोना संक्रमित थप १० को मृत्यु, नेपालमा मृतक संख्या ४११ पुग्यो


 


काठमाडौं, असोज ४

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ।

यस्तै पछिल्लो पटक देशभर १ हजार ३२५ जना कोरोना संक्रमित थपिएका छन्। ९६६ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन्।

देशभर कोरोना संक्रमितको संख्या ६४ हजार १२२ रहेको छ। भने संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ रहेको छ।

आइसोलेसनमा भएकाहरुको संख्या १७ हजार ४७८ छ भने ७ हजार ४५१ जना क्वारेन्टिनमा रहेका छन्। यस्तै, सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेको छ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्