मुख्यमन्त्री राईद्धारा गाउँपालिका उपाध्यक्षलाई श्रद्धाञ्जली


 


विराटनगर, असोज ४
भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको छ । राईको पार्थिव शरीररलाई भोजपुर लानुपुर्व धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा मुख्यमन्त्री राईले अन्तिम श्रद्धाञ्जली दिनु भएको हो ।

राईलाई प्रदेश १ का सभामुख प्रदीप भण्डारी, नेकपाका प्रदेश अध्यक्ष देवराज घिमिरे लगायत नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका थिए । उपाध्यक्ष राईको निधनले आफू स्तब्ध भएको मुख्यमन्त्री राईले बताउनु भएको छ ।

उहाँको निधनले नेकपा एवं हतुवागढी क्षेत्रलाई अपूरणीय क्षति पुगेको समेत मुख्यमन्त्री राईले बताउनुभयो । नेकपा भोजपुर सचिवालय सदस्य समेत रहनु भएकी गाउँपालिका उपाध्यक्ष राईको शनिबार विराटनगरमा निधन भएको थियो । उहाँको आज भोजपुर हतुवागढीमा अन्त्यष्टी भएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्