दुई सातादेखि निरन्तर एक हजार बढीमा कोरोना संक्रमण


 



काठमाडौं, असोज ५
नेपालमा कोरोना संक्रमणको ग्राफ दैनिक बढ्दै गैरहेको छ ।

भदौ २४ देखि प्रत्येक दिन एक हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। त्यसयता सबैभन्दा गत शुक्रबार २०२० जनामा संक्रमण देखिएको थियो । यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

भदौ २९ गते सोमवार एकै दिन १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो। सोमबार मात्रै १ हजार १५४ जनामा कोरोना संक्रमण भएको छ । यो अवधिमा १६ जनाको मृत्यु भएको छ ।

सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन्। त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

अहिले देशभरि १७,६११ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८,९२१ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्