पत्रकारसहित चार जनामा कोरोना संक्रमण


 


राजविराज, असोज ५
एक जना पत्रकारसहित सप्तरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। खडक नगरपालिका–८ की ३० वर्षीया पत्रकार, तिलाठी कोइलाडी गाउँपालिका–८ का ८ वर्षीय तथा तिरहुत गाउँपालिका– १ का १५ र ६० वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार संक्रमितहरुको तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ। यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार २०६ पुगेको छ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार ८२२ जना निको भएर घर फर्किएका छन्।

यसैगरी कोरोना रिपोर्ट पोजिटिभ आएको केही घण्टामा नै मृत्यु भएकी बिष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको सोमबार अपरान्ह मात्र शव व्यवस्थापन भएको छ। महिलाको मृत्यु भएसँगै सप्तरीमा मृत्यु हुनेको सङ्ख्या २ महिलासहित १० जना पुगेको छ।

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्