ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा



काठमाडौं, असाेज ७
सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो । अवहेलना मुद्दाको औचित्य समाप्त भएपछि अदालतले तामेलीमा पठाउने निर्णय गरेको हो ।

१० मंसिर २०७४ को प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुई दलका अध्यक्षले जसरी पनि चुनाव हुनुपर्ने अभिव्यक्ति दिएका थिए । तत्कालीन राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव छुट्टाछुट्टै हुनुपर्ने भन्दै रिट दायर गरेका थिए । उनीहरूको अभिव्यक्ति सर्वोच्चको आदेशविपरीत भएको भन्दै १३ कात्तिक २०७४ मा अवहेलना मुद्दा दायर गरिएको थियो । राजधानी दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News