नेपालमा थप ११७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७, ८०६ पुग्यो



काठमाडौं, असाेज ७
पछिल्लो २४ घण्टामा ११७४ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्। 

आज १८९३ जना निको भएका छन्। हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। 

नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेकाे मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घन्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News