यी ठाउँमा छ भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको पूर्वानुमान


 



काठमाडौं, असोज ९
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न ठाउँमा हल्का वर्षा भैरहेको छ ।

बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र वाँकी प्रदेशमा सामान्य बदली रहेको छ भने प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश १ र प्रदेश २ का केही स्थान तथा वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार दिउँसो प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको संभावना रहेको छ विभागले बताएको छ ।

शनिबार राति प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश नं १ का केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार आइतबार दिउँसो प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थान तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । 

विभागका अनुसार आइतबार राति प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा तथा वाँकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने  सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्