अर्घाखाँचीमा भीषण पहिरो, १७ घर पुरिए


 


बुटवल, असोज ९
अर्घाखाँचीको शीतगंगा नगरपालिका भीषण पहिरो गएको छ । नगरपालिकाको वडा नं १२ को कोठिया मैदान, जोख्ले गैरा गाउँमा दिउँसो गएको पहिरोले १७ घर बगाएको छ ।

घरहरु बगेपनि मानवीय क्षति भएको जानकारी नआएको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिए। दिउँसोमा पहिरो आएका कारण भागेर ज्यान जोगाएको वडाध्यक्ष गैरेले जानकारी दिए। यी गाउँका अरु एकदर्जनभन्दा बढी घरहरु जोखिममा छन्।

घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम थालेको शीतगंगा नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीले बताए। घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले भिरालो ठाउँ भएकाले उद्धारमा पनि कठिनाई आएको बताए।

प्रकाशित मिति: ९ आश्विन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्