डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण


 


काठमाडौं, असाेज १०
डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो। उनी प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत हुन्

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी थिइन्। जसमा उनकाे रिपाेर्ट पाेजेटिभ अाएकाे थियाे।

शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेटेकी थिइन्।

प्रकाशित मिति: १० आश्विन २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्