सशस्त्र प्रहरी जवान खोलामा मृत फेला



धनगढी, असोज १०
धनगढीको खुटिया खोलामा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।

धनगढी उपमहानगरपालिका–१४ को खुटिया खोलामा २२ वर्षीय सशस्त्र प्रहरी जवान कुमार सारु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सुर्खेतको लेखबेँसी नगरपालिका–१ घर भएका उनी हाल सशस्त्र प्रहरी बल विओपी बेस जुगेडामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। घटनाबारे अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News