बसभित्र किशोरी सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ




भक्तपुर, असोज २३
भक्तपुरमा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छोडेर जाने थप एक जनालाई प्रहरीले पक्रेको छ ।

भक्तपुर नगरपालिका–८ कालाँचामा भएको बलात्कारमा संलग्न झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए । महानगरीय प्रहरी वृत्त जगाती र महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा २२ वर्षीया राईलाई भद्रपुरबाट पक्रेर भक्तपुरमा ल्याएको हो ।

बलात्कृत किशोरीलाई प्रहरीले रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसबाट बेहोस अवस्थामा उद्धार गरेको थियो । बलात्कारमा संलग्न दुईजनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

आरोपीहरुले किशोरीलाई रत्नपार्कबाट भक्तपुर लगेर बलात्कार गरेका थिए । लठ्याउने औषधी खुवाएर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News