थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो


 


काठमाडौं, कार्तिक १
पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

नेपालमा कुल संक्रमितमध्ये ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ।

योसँगै पिसिआर परीक्षण हुनेको संख्या १२ हजार ६९ हजार ६ सय ५ पुगेको छ। हाल ४ हजार ७ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्