कैलालीमा चाडपर्व लक्षित निषेधाज्ञा जारी (सूचनासहित)




धनगढी, कार्तिक १
कैलालीमा दशैं–तिहारलाई लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज सूचना जारी गर्दै जिल्लामा पुनः निषेधाज्ञा जारी गरेको हो।

सूचनाअनुसार निषेधाज्ञा उलंघन गरे प्रचलित कानून अनुसार कडा कारवाही गर्ने जनाइएको छ। आदेश अनुसार तोकिएका मापदण्ड पूरा गरी लामो, मध्यम र छोटो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ।

तर सबै सार्वजनिक यातायातले २०७६ चैत ११ गतेभन्दा पहिले कायम गरिएको नियमित भाडा दर भन्दा कुनै किसिमको थप भाडा लिन नपाइने जनाइएको छ। जिल्लाभित्र मेला, महोत्सव, खेलकुद प्रतियोगिता तथा जमघट समेत गर्न पाइने छैन ।

कुनै पनि मठ मन्दिर, गुम्बा, चर्च, मस्जित, गुरुद्वारालगायतका धार्मिक र साँस्कृतिक महत्वको स्थानमा हुने पूजापाठ बाहेकका मानिस जम्मा हुने गरी पूजा अर्चना, उत्सव, भजन कृर्तन, बलीलगायतका कुनै पनि कार्य गर्न नपाइने जनाइको छ।

त्यस्तै, राजनीतिक दल, संघ संस्था, क्लब, सञ्जाल, समूहहरुले भेला जम्मा भइ शुभकामना अदानप्रदान गर्ने लगायतका कुनै पनि कार्यक्रम गर्न नपाउने सूचनामा उल्लेख छ। सरकारी निकायले विगतको भन्दा थप व्यवस्थित हुने गरी सेवा प्रवाह गर्नै आदेश जारी गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News