कोरोना संक्रमणबाट ८ वर्षीया बालिकाको मृत्यु


 



इलाम, कार्तिक २
इलाममा कोरोना संक्रमणबाट एक ८ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको सुर्योदय नगरपालिका– १२ की ८ वर्षीया कोरोना संक्रमित बालिकाको शुक्रबार मृत्यु भएको हो । 
 
मिर्गौला पीडितसमेत रहेकी बालिकाको उपचार गर्दा स्वास्थ्य अवस्था सुधार नदेखिएपछि अस्पतालले  डिस्चार्ज दिएको थियो । तर उनको बाटोमा मृत्यु भएको जनाइएको छ । 

प्रकाशित मिति: २ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्