धनगढीमा डिउटीमा खटिएका असईसहित दुई प्रहरी बेपत्ता, नदीमा शव भेटियो




धनगढी, कार्तिक २
धनगढी उपमहानगरपालिका-१२ स्थित अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत दुई जना प्रहरी बेपत्ता भएका छन् ।

अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक ९असई० गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन् ।

उनीहरु दुबै जना डिउटीमा खटिएका बेला वेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

यसैबीच नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने भएको छैन ।

उक्त शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन् । 
 

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News