नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७३९ पुग्याे


 


काठमाडाैं, कार्तिक २
काेराेना भाइरसकाे संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७३९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा आज २ हजार ९४२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ३२६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९२ हजार १६६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्