थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो


 


काठमाडौं, कार्तिक
नेपालमा कोरोना एकै दिन १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार १२ जनाको मृत्यु भएको थियो। 

गत २४ घण्टामा ३ हजार ७ सय ९० जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। कुल संक्रमितमध्ये ४० हजार ७ सय ७८ सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ७ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १३ लाख ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। 

प्रकाशित मिति: ३ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्