कस्तो रहनेछ आजको मौसम ?


 


काठमाडाैँ, कार्तिक ४
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल उल्लेखनीय मौसमी प्रणाली छैन। हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहको छ।

प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार पनि प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार प्रदेश नं १, बागमती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ ।

प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्