काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिए


 


काठमाडौं,कार्तिक ४
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७०२ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४३१ , ललितपुरमा १२३  र भक्तपुरमा १४८ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ ३९ लाख १२९ पुगेको छ। 

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ पुगेको छ। आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: ४ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्