रबि लामिछानेलाई कोरोना संक्रमण


 



काठमाडौं, कार्तिक १३
सिधा कुरा जनतासंग टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

लामिछाने सहित उनकी श्रीमती निकिता पौडेललाई संक्रमण देखिएको हो । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्