बारामा तस्कर समूह र प्रहरीबीच झडप, बालकसहित तीन प्रहरी घाइते


 



बारा, कार्तिक १३
बारामा प्रहरी र तस्कर समूहबीच झडप भएको छ। झडप हुँदा १४ वर्षीय बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।

सुवर्णपुर गाउँपालिकामा सोमबार राति ७ बजे भएको झडपमा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १२ राउन्ड हवाइफायर गरेको थियो। हवाइफायर गर्दा बालकलाई टाउकोमा लागेको एसपी कृष्ण पंगेनीले जानकारी दिए। 

ुतस्करीको सामान नियन्त्रणमा लिदां स्थानियले अवरोध गरेर प्रहरीमाथि आक्रमण गरे, गाडी पनि तोडफोड गरे,ुएसपी पंगेनीले भने,ुत्यही क्रममा १२ राउन्ड हवाईफायर भएको हो।ु

उनका अनुसार बालकको हाल बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको अपरेशन गरिएको छ। 

त्यस्तै एक जना सई सहित घाइते तीन प्रहरीको कलैया अस्पतालमा उपचार भइरहेको छ। 

तस्करहरूले बाइकमा प्याज ल्याएका थिए। घटनामा अहिलेसम्म कोही पक्राउ नपरेको एसपी पंगेनीले बताए।

प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्