पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना व्यक्तिमा कोरोना संक्रमण


 


काठमाडौं, कार्तिक १३
पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ।

आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्