काठमाडौंका सिडियो दाहाललाई कोरोना संक्रमण


 



काठमाडौं, कार्तिक १३
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सिडियो० जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो। दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। टाउको दुख्नेबाहेक अन्य लक्षण नदेखिएको उनले बताएका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्