मिथिलामा पर्वको उल्लास


 


महोत्तरी, कात्तिक १४

महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ ।

हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश नं। २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।

हिन्दू धर्मावलम्बी आज कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । पर्व विशेषले मिथिलामा आज मखान ९गहिरो पानीभित्र फल्ने फलविशेष, यसको खेती पोखरीमा गरिन्छ० र पानको कारोबार ह्वात्तै बढेको छ । हिन्दू मैथिल परम्परामा कोजाग्रत पूर्र्णिमाका साँझ पान र मखान खाने गर्दछन् । यो परम्पराले गर्दा यस भेगका प्रत्येक जसो चोकबजार क्षेत्रमा मखान र पानका पसल आज देखिएको छ ।

कोजाग्रत पूर्णिमाको राती धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिने मैथिल परम्परा छ । रातभरी जागै बसेर महालक्ष्मीको आराधना गरिने हुँदा यो पूर्र्णिमालाई ‘कोजाग्रत’ ९को जाग्न सक्छ भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ संस्कृत क्याम्पसका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मी वैकुण्ठलोकबाट पृथ्वीतलमा विचरण गर्न आउने र जुन घरका कोठाकोठामा उज्यालो वत्ती छ, त्यहाँ छिरेर धनधान्यले पूर्ण गरिदिने विश्वासले यस दिन घरघरै उज्यालो प्रकाश बाल्ने चलन छ । नगदको कारोबार गर्दा लक्ष्मी खुशी हुने विश्वासले कोजाग्रतका राति विधिकै लागि पनि मैथिल कोडा ९जुवा खेलिने कौडा० हान्ने गर्दछन् ।

त्यसैगरि यस भेगमा बाक्लो बसोवास बाहुल्यताका इस्लाम धर्मावलम्बी पनि आज धर्म प्रवत्र्तक हजरत मोहम्मदको उल्लासमय वातावरणमा जन्मदिन मनाउँदैछन् । ‘मोहम्मद डे’ भनिने यस पर्वमा मिष्टान्न परिकार खाने खुवाउने र मोहम्मदका उपदेश सुन्ने इस्लाम परम्परा छ । इस्लाम परम्पराको हिजरी सम्वत्को रविऔव्वल महिनाको १२ तारिखका दिन हजरत मोहम्मद पैगेम्वरको सउदी अरेबियाको मक्कामा जन्म भएको इस्लाम धर्मावलम्वी बताउँछन् ।

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्