प्रदेश १ मा हालसम्म कोरोनाबाट १८५ को मृत्यु


 


विराटनगर, कात्तिक १४

प्रदेश १ मा कोरोनाका कारण हालसम्म १ सय ८५ जनाले ज्यान गुमाएका छन् ।

विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा एक जना कोरोना संक्रमित पुरूषको शुक्रबार मृत्यु भएपछि संख्या १ सय ८५ पुगेको छ । झापाको शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो ।

निमोनिया देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको नोबेल हस्पिटलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो । मृतकमा दिर्घरोगको समस्या थिएन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा शुक्रबार बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्