दाङका ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु


 


काठमाडौं, कार्तिक १५
दाङको घोराही उपमहानगरपालिका-४ निवासी एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिवार बिहान ५ बजे मृत्यु भएको हो ।

उनी कात्तिक ११ गते आइसियूमा भर्ना गरिएका उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो । बाँके जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा सुधार नआएपछि शनिवार विहान उनको मृत्यु भएको हो ।

यो सँगै बाँके जिल्लामा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ । जसमा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जना र बाँकेका ३० जना रहेका छन् ।

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्