विराटनगरमा एकैदिन छ जनाको मृत्यु


 


विराटनगर, कात्तिक १५

पछिल्लो २४ घण्टामा विराटनगरका अस्पतालहरुमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र मोरङका २र२ तथा सुनसरी र उदपयपुरका एकएक जना छन् ।

नोबेल मेडिकल कलेजमा चार जनाको मृत्यु भएको छ ।

कलेजका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी नगरपालिका(१, झापाकी ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । १३ गते अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

विर्तामोड, झापाका ७५ वर्षीय पुरुष १२ कातिकमा अस्वताल भर्ना भएका थिए । निमोनियाको समस्या देखिएका उनद्धको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको छ ।

सुन्दरहरैचा नगरपालिका(१०, मोरङकी ६९ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । १० कात्तिकमा कोरोना पुष्टि भएको थियो भने सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

इटहरी, सुनसरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि नोबेल मेडिकल कलेज पुर्‍याउँदा एम्बुलेन्समा मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शुक्रबार अस्पताल ल्याउने क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

यस्तै बिराटनगर(३, मोरङका ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएको कलेजको आईसोलेसन ईन्चार्ज सुनिल देवले जानकारी दिए ।

उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिवार विहान मृत्यु भएको छ । शुक्रबार साँझ अस्पताल भर्ना भएकी उनको बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिए ।

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्