नेपालमा थप २५०८ जनामा कोरोना भाइरसको संक्रमण



काठमाडौं, कार्तिक १५
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News