काठमाडौं उपत्यकामा १३५७ जना कोरोना संक्रमित थपिए


 


काठमाडौं, कार्तिक १५
गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन थपिएका २ हजार ५ सय ८ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ५७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार १ सय १३, भक्तपुरमा ४९ र ललितपुरमा १ सय ९५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। 

संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ५ सय ८४ जना सक्रिय संक्रमित छन्। 

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख ४३ हजार ३ सय ४३ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ४ सय १० रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्