सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री शाहलाई कोरोना संक्रमण


 



धनगढी, कार्तिक १५
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहलाई कोरोना संक्रमण भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई संक्रमण पुष्टि भएको हो ।

परीक्षणमा मन्त्री शाहसंगै उनकी श्रीमती लक्ष्मी भट्ट शाहलाई कोरोना पनि पुष्टि भएको छ। केही दिनअघि उनको सवारी चालकलाई पनि कोरोना संक्रमण भएको थियो । अहिले सबै सरकारी निवासको आइसोलेनमा बसेका छन् भने स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित मिति: १५ कार्तिक २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्