नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ९ सय ६० पुग्यो



काठमाडौँ, कार्तिक १६
नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो। 

गत २४ घण्टामा २ हजार ८ सय २४ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६५ सक्रिय संक्रमित छन्। 

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ५६ हजार ३ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ हजार ३ सय ८६ जना क्वारेन्टाइनमा छन्। 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News