थप २४ जना संक्रमितको मृत्यु, मृतकको संख्या ९८४ पुग्यो


 


काठमाडौं, कार्तिक १७
नेपालमा कोरोना एकै दिन २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार २३ जनाको मृत्यु भएको थियो। 

गत २४ घण्टामा २ हजार ९ सय ३३ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। कुल संक्रमितमध्ये ३७ हजार ५ सय २४ सक्रिय संक्रमित छन्। 

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ६९ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ हजार १ सय १९ जना क्वारेन्टाइनमा छन्। 

प्रकाशित मिति: १७ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्