प्रहरीलेनै गरे मध्येरातमा घरभित्र छिरेर बालिका बलात्कार अनि हत्या प्रयास


 



डोटी, कार्तिक १८
डोटीमा प्रहरीले जवानले नै बालिका बलात्कार गरेको भन्दै प्रहरीविरुद्ध मुद्दा दर्ता गरिएको छ । जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशिल सिंहले त्यही ठाउँकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा डोटीमामुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बालिकालाई विवाह गर्ने प्रलोभन देखाइ बलात्कार गरेको भन्ने पीडित बालिकाको उजुरीका आधारमा प्रहरी जवानसिंह विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति बालिकालाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित बालिकाका आफन्तले आरोप लगाएका छन् । राति ११ बजे बालिकाको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि बालिका अर्धचेत अवस्थामा भेटिएको आफन्तको भनाइ छ ।

अचेत अवस्थामा भेटिएकी छोरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात होस आएपछि बल्ल बलात्कारको मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय आएको पीडितका बुवाले बताए ।

बालिकाको घाँटीमा दोपट्टाले लगाएको घाउ प्रष्टै देखिने भएकाले घटनाको सत्यतथ्य बुझ्नका लागि अधिकृतको कमाण्डमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डेले बताए । यसअघि प्रहरी चोकीमै मुद्दा दर्ता गर्न खोज्दा दर्ता नगरिएको पीडित परिवारले बताएका छन् ।

प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्