निर्माणाधीन घरबाट खसेर एक जनाको मृत्यु


 



काठमाडौं, कात्तिक २३
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकमा निर्माण भैरहेको घरबाट खसेर एक जनाको मृत्यु भएको छ।

खसेर कागेश्वरी मनोहरा नगरपालिका-६ थली बस्ने नुवाकोट घर भएका ४६ वर्षीय बीरबहादुर तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तामाङ शनिवार साँझ निर्माणाधीन घरको तेश्रो तलाबाट खसेरका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २३ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्