नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ सय नाघ्याे


 


काठमाडौं, कार्तिक २३
नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय नाघेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ हजार १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ८१२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५७ हजार ९२६ जना निको भएका छन्।

आज देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: २३ कार्तिक २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्