कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना




काठमाडौं, मंसिर ७
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आज बेलुका पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार राति अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा नै हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News