नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ सय ७९ पुग्याे



काठमाडौं, मंसिर १४
नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो। 

एकै दिन १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।

गत २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख २७ हजार ८ सय ३६ पुगेको छ। हाल ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News