आज काठमाडौं उपत्यकामा ८०९ संक्रमित थपिए


 


काठमाडौं, मंसिर १५
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ९ हजार १२६ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

त्यसैगरी, आज काठमाडौंमा १३, ललितपुर २ र भक्तपुरमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८७ हजार ८९३ जना संक्रमित भएका छन्, जसमध्ये ३७५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ८० हजार २४८ छ।

ललितपुरमा १३ हजार २७४ जना संक्रमित भएका छन्। जसमा ११२ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ७१० जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ९५९ संक्रमितमध्ये ९१ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार २२७ जना निको भइसकेका छन्।

आज काठमाडौमा ७ हजार २७०, ललितपुरम १ हजार ४५२ र भक्तपुरमा ६०८ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

आज देशभर १ हजार ४७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। 

२४ घण्टामा १ हजार ९३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ।  

आज देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ५०८ पुगेको छ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्