आज देशभर १ हजार ४७४ जना कोरोना संक्रमित थपिए


 


काठमाडौं, मंसिर १५
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ९ सय ३१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ।

आज देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ५ सय ८ जना संक्रमितको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्