नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित


 


काठमाडौं, मंसिर १५
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।

सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत प्राप्त गर्दै हिराचन कोषाध्यक्षमा निर्वाचित बनेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत प्राप्त गरेका थिए ।

कुल ७२ मत मध्येमा ७१ मत खसेको महासंघका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघले तयारी गरेकाे छ ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्