काठमाडौँको संक्रमण दर ५.९७ प्रतिशत रहेको एन्टिजेन परीक्षणको प्रारम्भिक नतिजा



काठमाडौं, मंसिर १६
सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थालेको छ । तर, यसमा सहभागतिा भने न्यून देखिएको समाचारमा उल्लेख गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौँ महानगरभित्र तीन हजार जनाको एन्टिजेन टेस्ट गर्न प्राविधिकलाई समुदायमा पठाए पनि पहिलो दिन परीक्षण गर्न आउनेको संख्या न्यून देखिएको हो ।

ईडीसीडीको टोली सोमबार कोरोनाको हटस्पट मानिएको काठमाडौँको विशालनगर, धुम्बाराही, चाबहिल, मित्रनगर, बत्तीसपुतली, गुहेश्वरी, पशुपति क्षेत्रमा परीक्षण गर्न खटिएका थिए । एउटा वडाबाट कम्तिमा ५ सय जनासहित १५ सय जनाको परीक्षण गर्ने योजना भए पनि ७ सय २० जनाको मात्रै परीक्षण भएको देखिएको छ ।

संक्रमितको क्लोज कन्ट्याक्टमा भएकालाई फोन गरेर बोलाउँदा पनि नआएको काठमाडौँ–४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए । पाजेटिभ देखिए १४ दिन आइसोलेसनमा बस्नुपर्ने डरले परीक्षण गर्न नआएको हुन सक्ने उनको भनाइ छ ।

तीन वडामा गरिएको एन्टिजेन परीक्षणको नतिजाअनुसार काठमाडौँमा कोरोना संक्रमित हुने दर ५.९७ प्रतिशत देखिएको छ । बुधबार काठमाडौँकै बानेश्वर, महाराजगञ्ज, पुरानो बानेश्वर, शंखमूल, कलंकी, बालाजु, असन, कोटेश्वर क्षेत्रमा परीक्षण गरिने बताइएको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News