आज उपत्यकाका यी स्थानमा बिजुली काटिने


 



काठमाडौं, मंसिर २७
नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । 

बानेश्वर सबस्टेशनमा आवश्यक मर्मतका लागि शनिबार विद्युत् कटौती गर्ने प्राधिकरणले जानकारी दिएको हो । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा मर्मत गर्नका लागि मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।  

प्राधिकरणका अनुसार सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुनेछ । 

प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ। प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ। 

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्