नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ८९ पुग्याे


 


काठमाडौं, मंसिर २७
नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो। 

एकै दिन ८ सय ९९ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा ५ हजार २ सय ४२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख २५ हजार ८ सय ६० पुगेको छ। हाल ५ सय १९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।    

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्