युवतीका विषयमा विवाद हुँदा कुटपिट गरी हत्या


 


ललितपुर, मंसिर २७
ललितपुरमा युवतीको विषयमा विवाद हुँदा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा बस्दै आएका सिन्धुली फिकल गाउँपालिका–४ का ३७ वर्षीय कुमार भन्ने नारायण बहादुर श्रेष्ठको हत्या भएको हो।

केटीको विषयलाई लिएर श्रेष्ठको कुटपिट गरी हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर रौतामाई गाउँपालिका–८ घर भएका २८ वर्षीय मिलन रानामगरलाई प्रहरीले पक्राउ गरेको छ।

युवतीको बिषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ सम्पर्कमा नआएपछि घटना सार्वजनिक भएको हो । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले रानामगरलाई नियन्त्रणमा लिई श्रेष्ठको खोजी गर्ने क्रममा गोदावरी नगरपालिका–११ बज्रबाराही गुम्बा पछाडी तोरीबारीमा शुक्रबार साँझ श्रेष्ठको शव फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २७ मंसिर २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्