माधव नेपाललाई अध्यक्ष बनाएपछि प्रभु साहको कडा आपत्ति


 


काठमाडौं, पुस ९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजन गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएको भन्दै आपत्ति जनाएका प्रभु साहले द्विअध्यक्ष प्रणाली खारेजीको माग गरेका छन्।

केपी ओलीसँग राजनीतिक विभाजन गरेर प्रचण्ड अलग्गिए लगत्तै बसेको केन्द्रीय समिति बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेकोप्रति आपत्ति जनाएका साहले द्विअध्यक्षात्मक प्रणाली खारेज गर्न माग गरेका हुन्।
नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका साहले नेपाललाई अध्यक्ष नबनाई प्रचण्डलाई मात्रै एकल अध्यक्ष बनाउनुपर्ने भन्दै बिहीबार एक विज्ञप्ति प्रकाशित गरेका छन्। उनले यसअघि नेपाललाई कारबाही गर्नुपर्ने भन्दै सचिवालय बैठकमा अनुरोधसहित पत्र पनि लेखेका थिए।

नेपालको गृहजिल्ला रौतहटका नेता साहले नेपालका कारण रौतहट जिल्लामा जिल्ला कमिटी सदस्यहरुलाई शपथ खुवाउन नसकेको आरोप लगाउँदै आएका छन्। यो प्रकरणसँगै प्रचण्ड माधव एउटै समूहमा लामो समयसम्म बस्न नसक्ने अड्कलबाजी शुरु भएको छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्