मिलको फित्तामा बेरिएर किशोरीको मृत्यु


 


सप्तरी, पौष १३
सप्तरीमा मिलको फित्तामा बेरिएर १७ वर्षीया किशोरीको मृत्यु भएको छ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका– ६ कि १७ वर्षीया नेमियाकुमारी पण्डितको कुटानीपिसानी गर्ने मिलको फितामा कपाल बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहका अनुसार आफैँ मिल चलाउँदै गर्दा उनी फित्तामा बेरिन पुगेकी थिइन्।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। किशोरीको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्