पश्चिमी वायुको प्रभाव : कस्तो छ तीन दिनको मौसम ?


 


काठमाडौं, पाैष २५
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशलगायत पहाडि भुभागमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। 

शनिबार दिउँसो प्रदेश १ र लुम्बिनि प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। राति प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

आइतबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति: २५ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्