आगामी तीन दिन मौसमको अवस्था कस्तो रहला ?


 


काठमाडौँ, पाैष २६
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।

यसैगरी, महाशाखाले हाल देशका केहि भूभागमा आंशिक बदली रहेको र बाँकी भूभाग सामान्यतयाः सफा रहेको जनाएको छ ।

आइतबार

दिउँसोः प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार

दिउँसोः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार

दिउँसोः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: २६ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्